कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरिने, यी हुन् एजेण्डा


काठमाण्डु- नेपाली कांग्रेसको मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गरिने भएको छ। साेमबरा पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

विगतमा देउवाले पार्टी बैठकमा उठेका कुरा हुबहु मिडियामा आउने गरेको भन्दै बैठकका कुरा बाहिर नलिन आग्रह गरेका थिए । तर, बैठकमा उठेका विषय मिडियामा आउन नरोकिएपछि देउवाले केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव राखेको जनाइएको छ ।

पदाधिकारी बैठकले केन्द्रीय समितिका लागि विभिन्‍न १० वटा एजेण्डा तय गरेको छ।

यी हुन् एजेण्डा

– समसामयिक
– सांगठानिक कार्ययोजनाबारे
– केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
– पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
– नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
– विभाग गठन
– राष्ट्रव्यापी अभियानको घोषणाबारे
– केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
– संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउँने)
– सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ