नेपाल भारत ए सँग ९ विकेटले पराजित


काठमाण्डु- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो।

भारतको जितमा अभिषेश शर्माले ८७ रन बनाए । साइ सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नट आउट रहे । यसअघि कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए। अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे। ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए।

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए। त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ (६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे। गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे। भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ