जन गुनासो सुन्न सार्वजनिक यातायातमा जान्छन् मन्त्री धामी


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामी जनगुनासो सुन्न सार्वजनिक यातायातमा चढ्ने गरेका छन् ।

धनगढी भीत्र प्राय मन्त्री धामी सरकारी गाडीमा चढ्दैनन् । धनगढी बाहिर जानु पर्दा सिमित समयमा पुगनुपर्ने भएका कारण सार्वजनिक यातायातमा यात्रा गर्न नसकिएको मन्त्री धामी बताउँछन् । तर धनगढी भीत्र अत्यावश्यक काम परेको खण्डमा बाहेक मन्त्रालय बाहिर निस्किदा सार्वजनिक यातायातमै यात्रा गर्ने गरेको मन्त्री धामी बताउँछन् ।

सरकारप्रतिनागरिककोकस्तोअपेक्षाछ, सरकारकागतिविधिलाईआमनागरिकलेकसरीबुझेकाछन्, सरकारलेकेगर्नुपर्नेहो, आफुलेसम्हालेकोमन्त्रालयकाबारेमानागरिकमाकस्तोबुझाईछ, कम्जोरीकेकस्ताछन्भन्नेबारेमाबुझ्नुधनगढीभित्रसार्वजनिकयातायातमाआवतजावतगर्नेगरेकोमन्त्रीधामीलेबताए।

सार्वजनिकयातायातमाविद्युतीयरिक्सासवैभनदाबढीप्रयोगगर्नेगरेकोउनलेबताए। ‘रिक्सामाधेरैमानिसबसेकाहुन्छन्,’मन्त्रीधामीलेभने, ‘उनिहरुमध्यकसैलेचिनेरसुझावदिनेगर्दछन्, कसैलेमन्त्रीहोभन्नेचिन्दैनन्, तरपनिएकआपसमासरकारकाबारेमाकुरागरिरहेकाहुन्छन्, सर्वसाधारणलेसरकारकाबारेमाकुरागर्दाकरकारकोअवस्थाकाबारेमाआफुलाईबुझ्ने मौकामिल्नेगरेकोछ।’सरकारकोबारेमाबुझ्नआफुलेसाधारणनागरिककोहैसियतमानागरिकसंगकुराबुझ्नेगरेकोमन्त्रीधामीलेबताए।

उनले आफु विगतमा जस्तै सामान्ये नागरिक भएको बताउँदै मन्त्री हुँदैमा सवै विर्सन नसक्ने बताए । ‘मन्त्री एउटा पद हो, आज त्यो पद सम्हाल्ने जिम्मेवारी मलाई मिलेको छ,’ मन्त्री धामीले भने, ‘तर पद पाए भन्दैमा म नागरिकको हैसियत बिर्सन सक्दैन, मेरो सोच जनताकै लेवलमा रहेर बस्नुपर्छ भन्ने छ ।’ सार्वजनिक सवारीमा रहेर जनताका गुनासा सुन्न पाउँदा आफुलाई खुशी लाग्ने गरेको मन्त्री धामीको भनाई छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ