मोहन्याल गाउँपालिका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार


कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा सुत्केरी व्यथाले थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ ।

पालिकाको वडा नम्बर ४ ओखलढङ्गा बस्ने बर्ष ३७ की बिमला मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

उनको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्दार गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार उनको पण्डौन स्वास्थ्य चौकी खिमडीमा सुत्केरी मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्ववार गरि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ