प्रधानमन्त्रीका हैसियतमा नबोल्नुपर्थ्यो,तर ज्ञानुको बुबा भएर बोलेँ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको बताएका छन् । साेमबारकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएर बोल्न नहुने कुरा त्यो दिन बोलेको बताएका हुन्।

‘म अलिकति भावनात्मक छु नै म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो। अब गर्नुहुन्छ। के? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त? यो। मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ। क्रान्ति कालमा राष्ट्रियताको नाममा लडेको सकियो यतिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त?,’ उनले प्रश्न गरे।

उनले भारतीय व्यवसायी प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ