बयलपाटा अस्पातालमा देखिएको समस्या समाधान अध्ययनको लागि कार्यदल गठन


धनगढी  : बयलपाटा अस्पातालमा देखिएको समस्या समाधान अध्ययनको लागि कार्यदल गठन गरिएको छ ।

स्वास्थ निर्देशक डा.जगदीश जाेशिकाे संयाेजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ । सामाजिक विकास मन्त्री झपट बहादुर साउँदकाे विशेष निर्देशन र पहलमा कार्यदल गठन गरिएको हो ।

समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सामाजिक मन्त्रालयका कानुन अधिकृत, न्याय हेल्थका नेपालका महासचिव एस पि कलौनी, व्यवस्थापक हेम बिस्वकर्मा लगायत सदस्य रहेका छन् !

सदस्य सचिवको जिम्मेवारि सामाजिक मन्त्रालयका दिएको छ । कार्यदललाई बयलपाटा अस्पाताल संचालनको लागी कार्यबिधी तयार गर्ने जिम्मा दिएको छ ।

कार्यदलले कार्यबिधी तयार पारेपछी सोही बमोजिम बयलपाटा अस्पताल सन्चालन गरिने जनाईकाे छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ