नेपाली नागरिकका सन्तानले पाउन थाले नागरिकता


राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेका हुन्।

जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

उनले पर्साबाट अपराह्न २ बजेसम्ममा ३० जनाले नागरिकता पाइसकेको जानकारी दिए। उनका अनुसार पर्सामा एक दिनमा एक सय मात्र टोकन वितरण गरिएको र सोही संख्याअनुसार नागरिकता वितरण हुनेछ।

सर्वोच्चले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनको बाटो खुलेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ