प्रमुख खाद्यान्न बालीको सिजनपूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरेका छाैँ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताएका छन्।

शुक्रबारको सदनमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजनपूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताएका हुन्।

उनले उखु उत्पादक कृषकहरूलाई ७० रुपैयाँ प्रतिक्विन्टलको हिसाबले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए। आधुनिक कृषि बजार पूर्वाधारहरूको विकास तथा व्यवसायीहरूसँगको सहकार्यमा खरिद सुनिश्चित गर्ने गरी कार्यक्रम सञ्चालित भएको उनले बताए।

बजारको मागअनुसार नासवान कृषि उपजको उत्पादन गर्न बजार सूचना प्रणाली स्थापना गरी कृषकहरूलाई सुसूचित गर्ने कार्यक्रम बनाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए।

उनले बढी उत्पादन भएको कृषि उत्पादन कोल्डस्टोरमा राख्न सक्ने गरी पूर्वाधार विकासको काम अगाडि बढेको जानकारी गराए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ