विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्व विश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दै


काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ ।

नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्टइन्डिजसँग पहिलो पटक खेल्ने भएको हो ।

नेपाल र वेष्टइन्डिजबीचको खेल हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ । यसअघि नेपालले टी–ट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन ।

नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात् असार ३ मा भएकोमा सो खेल नेपालले ८ विकेटले गुमाएको थियो।

नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको थियो। अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ