सार्कस्तरीय बुद्धिचाल भोलिदेखि


नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो सार्क बुद्धिचाल च्याम्पियनसिप आजदेखि हुँदै छ । ४ असारसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोतिगामा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका समान १० पुरुष र महिलाले राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो ।

नेपालबाट पुरुष च्याम्पियन तथा फिडेमास्टर रूपेश जयसवाल र रनरअप सुरवीर लामाले भाग लिने छन् । महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।

अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भएपछि साउथ एशियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक÷एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष बिदुर गौतमले जानकारी दिए ।

च्याम्पियनसिपमा पुरुषतर्फका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो स्थान रक्षा गर्ने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला विजेताले एक लाख, उपविजेताले ६० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ४० हजार रुपैयाँ हात पार्ने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ