विद्युतकाे गुनासोका लागि कैलालीमा खुल्यो ‘कलसेन्टर’


धनगढीः नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका लागि कैलालीमा कलसेन्टर सञ्चालनमा ल्याएको छ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यक्रम अनुसार सुदूरपश्चिममा पनि बुधवारदेखि कलसेन्टर सञ्चालनमा आएको हो। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियामा कल सेन्टरको बुधवार उद्घाटन गरिएको छ। विद्युत प्राधिकरणले ११५० नम्बरको हटलाइन सेवा ग्राहकका लागि सुचारु गरेको थियो। सुदूरपश्चिममा पनि त्यो सेवा सुरु भएको हो।

विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्ने प्रविधिसहतिको सेवा सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए। उनले सुदूरपश्चिमका ग्राहकहरूका लागि कल सेन्टर सञ्चालनमा ल्याएको बताए।

विद्युतसँग सम्बन्धित गुनासो तथा सूचनाका लागि ग्राहकले ११५० नम्बरमा फोन गर्नुपर्ने छ। कल सेन्टरका कर्मचारीले ग्राहकका गुनासो तथा सूचनाको सम्बोधन गर्नेछन्। उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहने बताइएको छ। सुदूरपश्चिमका ग्राहकले विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक ७ डायल गरेर कल सेन्टरका कर्मचारीसँग कुरा गर्न सक्नेछन्। कलसेन्टरका कर्मचारीले सम्बन्धित क्षेत्रका अन्य कर्मचारीसँग पनि सोझै ग्राहकको सम्पर्क गराउन सक्ने सुविधा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ