शनिबार ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जना गरी ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज थप ५ हजार ९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ