बझाङमा हिमपहिरो जादाँ ३ जना बेपत्ता, दुई घाइते


काठमाण्डु – बझाङमा हिमपहिरो जाँदा ३ जना बेपत्ता भएका छन् भने, दुई जना घाइते भएका छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका-२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख (डीएसपी) जागेश्वर भण्डारीले बताए ।

‘तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको भन्ने खबर छ। नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन सकिएको छैन,’ भण्डारीले भने।

उनका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ