उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीकाे संघर्षरत जीवनी


धनगढी : २०३८ साल कात्तिक २३ गते दार्चुला जिल्लाको साविकको धाप गाँउ विकास समिति ३ बाजमा बुबा धुकुड सिँह धामी र आमा विरमा देवी धामीको कोख बाट जन्म लिएका रमेश सिहं धामी सुदूरपश्चिम प्रदेशको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् । माध्यामीक शिक्षा मालिकार्जुन माध्यामीक विद्यालयबाट पुरा गरेका धामीले २०५४ साल बाट अनेरास्वियु प्रारम्भीक कमिटी बाट प्रवेस राजनीतिकमा गरेका थिए ।

२०५६ सालमा कैलाली बहुमुखी क्यामपसमा प्ररारम्वीक कमिटी हुदै २०५७ सालमा अनेरास्ववीयु बाट सदस्य पदको उमेदवार बनेका धामी २०५८ सालमा अनेरास्ववीय छोडेर अखिल क्रान्तीकारीमा समाहित भए । माओवादी पार्टीमा आवद्ध हुदै २०५९ मा स्नातक दोस्रो वर्षको परिक्षा नदिदै भुमिगत भएका उनि २०६१ सालमा अखिल क्रान्तीकारीको जिल्ला उपाध्यक्ष बने। त्यसपछि पाटीको जिल्ला सदस्य हुदै धनगढी नगरपालिकाको ईन्चार्जको भुमिका निर्वाह गर्दै पार्टीको योजना संगै जनमुक्ती सेनाको फर्मेसनमा आवद्ध हुदै ईस्पेसल टास्क फोर्समा जिममेवारी समेत धामीले सम्हाली सकेका छन् ।

२०६२/६३को जन आन्दोलन संगै शान्ती प्रक्रियामा महत्वपुर्ण निर्वाह गर्नु पर्ने भएकाले सेना फर्मेसन बाट बिदा भई पार्टी जिवनमा फर्केका उनि २०६४ सालमा थारुवान राज्य समितिको सदस्य हुदै फेरी पुन विद्यार्थीको केन्द्रीय सचिव भए । हाल नेकपा माओवादी केन्द्रको बैकल्पीक केनद्रय सदस्य रहेका धामी २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ को २ बाट निर्वाचनमा सहभागी भई नेपाली काँगे्रसका डिल्ली पन्त संग पराजित भएका थिए ।

आफ्नो राजनितिक जिवनलाई सामाजिक क्षेत्रमा काम गर्दै निरन्तर अगाडी बढाइरहेका धामी २०७९ को निर्वाचनमा भने कैलाली क्षेत्र नम्बर ५ को १ बाट नेकपा एमालेका नेपालु चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । प्रदेशको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रीको पद बहालीपछि जनताले भोगिरहेको समस्या समाधानलाई प्रथकिमता दिएर काम गर्ने धामीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ