पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण


पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् ।  मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तिनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन् ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थाननजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी छिन् ।

०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ