मानव तस्करीमा संलग्नलाई कडा कारबाही हाेस् : सांसद केसी


सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरू नै संलग्न हुनु दुःखद भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे।

सांसद केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ