प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता
काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार पार्टी पदाधिकारी बैठकअघि सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।पदाधिकारी बैठक केहीबेरमा बस्दैछ।
यसअघि बुधबार पनि पदाधिकारी बैठक बसेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस