प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपनेृ भएको हो ।

६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका थिए । संसदमा उपस्थित २६२ सांसदमध्ये प्रचण्डले १७२ मत पाएका थिए । विपक्षमा ८९ मत खसेको थियो । बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा प्रचण्डले सहजै बहुमत प्राप्त गरेका थिए ।

रास्वपा समेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो । त्यतिबेला प्रचण्डलाई विश्वासको मत दिएकामध्ये २१ सीट भएको रास्वपाले समर्थन फिर्ता लिएको छ । त्यसकारण प्रचण्डले पूनः विश्वासको मत लिनु परेको हो ।

जसअनुसार संविधानको धारा १०० को उपधारा २ अनुसार उनले तेस्रोपटक पनि विश्वासको मत लिनुपर्ने छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ