धनगढीमा बुद्ध जयन्तीको अवसरमा बुद्धको मूर्ति स्थापना


कैलाली : आज २५६७औं बुद्ध जयन्तीको अवसरमा धनगढीको बुद्ध चोकमा बुद्धको मुर्ति स्थापना गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को बुद्ध चोकमा बुद्ध जयन्तीको अवसरमा बुद्धको प्रतिमा स्थापना गरिएको हो।

बुद्ध जयन्तीको अवसरमा एक कार्यक्रमका बिच कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्थापना गरेका हुन्। सोही अवसरमा आज बिहान बिद्यार्थीहरुले २५६७औं बुद्ध जयन्तीको अवसरमा शान्ति र्‍याली आयोजना गरेका थिए । बुद्ध प्रतिमा निर्माण समितीका संयोजक कासिराम विष्टले वडा नम्बर ८ को बुद्ध चोकमा २०५८ साल देखि राखिएकोे मूर्ति हुलाकी सडक विस्तारका क्रम हटाएर त्यहि ठाउमा अर्को बुद्ध मूर्ति निर्माण गरिएको बताए।

बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मूर्तिको स्थापना गरिएको बताए । मूर्ति निर्माणका लागी धनगढी उपमहानगरपालिका, विभिन्न संघ संस्था, स्थानीय बंैकहरु, स्थानीय ब्यापारीहरुलाई आग्रह गरिएको थियो । भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । मुतिको धनगढीको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ