लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त
काठमाण्डु- लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका थिए । जसमा ५३ जनाको हस्ताक्षर छ ।
चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस