तनहुँ-१ मा निरन्तर मतान्तर फराकिलो पार्दै स्वर्णिम
तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।
४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस