योजना आयोगको सदस्यमा पौडेल, बिछा र बुढाथोकी नियुक्त


सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ। सरकारले शुक्रबार आयोगमा तीन सदस्य नियुक्त गरेको हो।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षालगायतका क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो।

यस्तै, स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्राडा. आरपी बिछा र प्रभु बुढाथोकीलाई पनि सरकारले आयाेगकाे सदस्यकाे रूपमा नियुक्त गरेकाे छ।

अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुखका रूपमा काम गरिरहेका छन्।

हाल बुढाथोकी काठमाडौंबाहिर भएकाेले आज नवनियुक्त दुई सदस्यकाे मात्र शपथग्रहण भएकाे छ। सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ र सदस्यद्वय डा. रामकुमार फुँयाल र डा. जयकान्त राउत यसअघि नै नियुक्त गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ