३७ सदस्यीय कार्यसम्पादन समिति गठन

कांग्रेसको कार्यसम्पादन समिति गठन, को-को समेटिए ?(सूचीसहित)


काठमाडौँ l नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि शुक्रबार बसेको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव पेस गरेका थिए । सभापति देउवाले पेस गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

जसमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, डा. शशांक कोइराला, विजयकुमार गच्छदार लगायत रहेका छन् । कांग्रेसले कार्यसम्पादन समितिको सदस्य हुने कोषाध्यक्ष र प्रवक्ता भने अझै तोकेको छैन । कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । आज ३७ सदस्यीय समिति बनेको र बाँकी १० सदस्य भने पछि मनोनीत गरिने बताइएको छ ।

यस्तो छ केन्द्रीय कार्यसम्पादन समिति :

पदाधिकारीबाट

सभापति : शेरबहादुर देउवा, उपसभापति : पूर्णबहादुर खड्का, उपसभापति : धनराज गुरुङ, महामन्त्री : गगन थापा, महामन्त्री : विश्वप्रकाश शर्मा, सहमहामन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’,सहमहामन्त्री : जीवन परियार, सहमहामन्त्री : भीष्मराज आङदेम्बे, सहमहामन्त्री : किशोरसिंह राठौर,सहमहामन्त्री : महेन्द्र यादव, सहमहामन्त्री : फरमुल्लाह मन्सुर, सहमहामन्त्री : उमाकान्त चौधरी, सहमहामन्त्री : बद्री पाण्डे ।

अन्य सदस्यहरु

रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, बालकुष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ