सौभाग्य अस्पतालले दिलायो एक किशोरीलाई नयाँ जीवन


धनगढी – धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले एक किशोरीलाई दोस्रो जीवन दिएको छ। महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका १० जिमुवा की १७ वर्षीया किशोरीलाई अस्पतालको टिमले दोस्रो जीवन प्रदान गरेको हो। विषादी (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएकी उनले अस्पतालले आफ्नो सफल उपचार गरेपछि दोस्रो जीवन पाएको महसुस गरेको बताइन्।

ती किशोरीले गत चैत्र ३० गते घरमै विष सेवन गरेकी थिइन्। त्यसपछि उनलाई त्यहाँको महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा उपचार सम्भव नभएपछि धनगढीको सेती अस्पतालमा ल्याइएको थियो। तर त्यहाँबाट पनि रेफर गरिएपछि उनी सौभाग्य अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसपछि उक्त अस्पतालमा डा. सुनिल आचार्यको टीमले उनको सफल उपचार गरेको थियो। हिजोमात्रै उनी निको भएर डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ। सल्फास सेवन गरेका मानिसको सफल उपचार विरलै हुने गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ