सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला : सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (सीईओ) विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड बढी रकम भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (सीईओ) विकल पौडेलसहित ९ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

कार्यकारी निर्देशक पौडेलसहित सीडीई नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत सेवानिवृत्त रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, प्रबन्ध निर्देशक रोहितमान प्रधान, निर्देशक भुवन महर्जन र प्रबन्ध निर्देशक मित्रलाल गुरौंविरुद्ध मुद्दा दर्ता भएको हो।

उनी माथि सेक्युरिटी प्रिन्टिङ खरिदमा वास्तविक भन्दा धेरै लागत तयार गरेर स्वीकृत गरेको, सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गरेको, देशमै उत्पादन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको आरोप लगाइएको छ। उनीहरूले ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ