एन पि साउद (नारायण प्रसाद साउद) परराष्ट्रमन्त्री बन्दै, भोलि शपथ


काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पि साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि शपथ लिने तय भएको छ ।सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो।

तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन । स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ