देशभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : देशभर थप ८५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन्।

यो अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।

संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन्।

बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ