भुमिहिनको नाममा रकम असुली गर्नेलाई कार्बाही गर्न मन्त्री श्रेष्ठको निर्देशन


कैलाली : कैलालीमा भुमिहिनको नाममा आन्दोलन भईरहेको प्रति भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठले चासो देखाएकी छन् । मन्त्रालयका सचिब सहित अन्य कर्मचारी सँग छलफल गरेर उनले चासो देखाएकी हुन ।

मन्त्री श्रेष्ठले सो बारेमा सामाजिक सन्जालमा लेखेकी छन्, कैलाली, जिल्लाको गोदावरी नगरपालिकामा भूमिहिन संघर्ष समिति नै गठन गरेर लाखौ रकम असुली गर्ने काम भइरहेको समाचार सुनेपछि आजको बैठकमा सचिव लगायत सम्बन्धित निकायका कर्मचारीज्युलाई यस्तो कार्य गर्नेलाई यथासिघ्र कानुनी दायरामा ल्याई कानुन अनुसार कारबाहीको लागि निर्देशन दिएको छु।

गोदावरी नगरपालिकामा पहाडी जिल्लाबाट ठुलो सँख्यामा मान्छेहरु केन्द्रित गरेर भुमिहिनको नाममा संघर्ष समिति नै गठन गरेर आन्दोलन भईरहेको छ । जग्गा दिने भन्दै उनिहरुको नेत्रित्व गर्नेहरुले रकम असुली गरिरहेको समाचारहरु बाहिरिए पछि मन्त्री श्रेष्ठले कार्बाहीको निर्देशन दिएकी हुन ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ