तनहुँ १ मा स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता


काठमाण्डु- तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ पुगेका थिए । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

जसअनुसार तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ