एमालेद्वारा भीम रावलसँग संवादका लागि पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली गठन


काठमाण्डु- नेकपा एमालेले पार्टी नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न टोली गठन गरेको छ । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । उक्त तीन सदस्यीय टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् ।

पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमासमेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताइएको छ ।

सुदूरपश्चिममा पकड कायम राखेका रावललाई पार्टीले नै उनलाई टाढा राखेको रावलको आरोप छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा रावलले टिकट पाएनन् । नेता रावलले प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुको गुनासो छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ