शिर्ष नेताहरु भ्रम फैलाउन लागे पछि कार्यकर्ताले विरोध गर्नु स्वभाविक हो : भीम रावल


कैलाली : नेकपा एमालेका नेता भीम रावलले शिर्ष नेताहरु भ्रम फैलाउन लागे पछि कार्यकर्ताले विरोध गर्नु स्वभाविक भएको बताएका छन । मंगलबार धनगढीमा आयोजीत पत्रकार सम्मेलनमा रावलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई कटाक्ष गर्दै यस्तो बताएका हुन ।

पार्टी उपाध्यक्ष पौडेल, पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुको सहभागितामा सोमबार अछाममा आयोजित कार्यक्रममा नेता रावल प्रति आक्षेप लगाईए पछि कार्यकर्ताहरुले कार्यक्रम विथोलेका थिए । ‘मेरो जिल्लामा मेरै क्षेत्रमा कार्यक्रम भयो । पार्टीका सिद्धान्त, विचार लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ