म प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घट्यो : अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घटेको आरोप लगाएका छन् ।

पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको टिप्पणी गरे ।

उनले नेकपा एमालेलाई काम गर्न नदिइएको भन्दै डेढ वर्षमा सीमा मिचिएको र देशको भूगोल सानो भएको बताए । आफूले प्रधानमन्त्री पद छाडेयता प्रचण्ड शेरबहादुरहरुले देश खुम्च्याएको ओलीको आरोप छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ