स्थानिय निर्वाचनकाे कानूनी र संवैधानिक जटिलताबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग आज दिउँसो बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल गर्ने बताइएको छ । आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ । तर, सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ ।

निर्वाचन आयोगले स्थानिय निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला सत्ता गठबन्धन भने मिति तोक्न होइन, निर्वाचन सार्ने तयारीमा लागेका छन् । यसअघि पनि प्रधानमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुले स्थानिय निर्वाचनबारे कानुनी जटिलताका विषयमा कानुनविदहरुसँथ छलफल गरेका थिए । छलफलमा उनीहरुले बाझिएको कानुन संशोधन गरेर मात्र स्थानिय निर्वाचन गर्न गठबन्धनलाई सुझाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ