चैत १० सम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन–चार दिनसम्ममा सरकारले पूर्णता पाउने उनको भनाइ छ । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ