राष्ट्रपति निर्वाचनसम्म एमालेले सत्तागठबन्धनलाई निरन्तरता दिने


नेकपा (एमाले)काे सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले फागुन २५ सम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ’, उनले भने, ‘पुस १० गते जे सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको तर्क गरे ।

गत पुस १० गते माओवादी केन्द्रसहित सत्तारुढ दलसँगको छलफलमा  एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको गुरुङको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ