आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन माधव नेपालको आग्रह


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन्

एमालेलाई कांग्रेसले नमान्ने र कांग्रेसलाई एमालेले नमान्ने अवस्था भएकाले नेकपा एसमा राष्ट्रिय सहमति बनान अध्यक्ष नेपालको माग छ । कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका बेला माओवादीले कसलाई सहयोग गर्नेबारे कुनै ठोस प्रतिक्रिया दिएको छैन । राष्ट्रपति चुनावमा माओवादीले जसलाई समर्थन गर्‍यो, त्यही राष्ट्रपति हुने लगभग पक्का छ ।

वामपन्थी नै राष्ट्रपति हुँदा एमालेलाई पनि सहज हुने र सत्ता गठबन्धनभन्दा बाहिरबाट हुँदा अहिले कांग्रेस र नेकपा एस पनि साथै भएकाले कांग्रेसलाई पनि समर्थन गर्न सहज हुने तर्क नेपालले राखेको बताइको छ ।

उम्मेदवारी दर्ताको समय नजिक पुग्दा पनि प्रधानमन्त्रीले भने जस्तो राष्ट्रिय सहमति भएको छैन । एमाले अध्यक्ष ओलीले १३ फागुनमा मात्र आफ्नो दलले उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ