प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव क्वात्राको भेट
काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच नेपाल-भारत सहकार्यका विषयमा छलफल भएको छ ।
सोमबारै बिहान काठमाण्डु आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुगेका थिए । भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस