सुदूरपश्चिममा कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक


काठमाण्डु- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई पनि नागरिक उन्मुक्ति पार्टीले साथ नदिए सरकार संकटमा पर्ने देखिएको छ । मंसिर ४ गते भएको आम निर्वाचनपछि सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार बनेको थियो ।

तर, रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए । त्यसपछि माघ २६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका हुन् ।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । त्यसकारण शाह नेतृत्वका सरकार बचाउन नागरिक उन्मुक्ती पार्टी नै निर्णायक बनेको छ ।

५३ सिट रहेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस पहिलो दल हो। तरपनि कांग्रेससँग सरकार बनाउन पर्याप्त सांसद छैनन्। कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट जितेको छ।

त्यहाँ माओवादी केन्द्रले प्रत्यक्षमा आठ र समानुपातिकमा तीनसहित ११ सिट जित्दै जितेको दोस्रो ठूलो दल बनेको छ। प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच गरेर आठ सिटसहित एमाले तेस्रो दल बनेको छ। प्रत्यक्षमा पाँच र समानुपातिकमा दुईसहित नागरिक उन्मुक्ति पार्टीले सात सिट जितेको छ।

एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जितेको छ। राप्रपाले समानुपातिकमा एक सिट जितेको छ भने प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित भएका छन्।

केन्द्रमा नेपाली कांग्रेस सरकार भन्दा बाहिर छ । त्यसकारण सुदूरपश्चिममा नेपाली कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका चार सांसद छन्। यी दुई पार्टी मिल्दा पनि सरकार गठन गर्न बहुमत पुग्दैन । त्यसरकाण मुख्यमन्त्री शाहले पनि विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी नै निर्णायक बनेको हो ।

नागरिकत उन्मुक्तिले भने आफ्ना माग पुरा नभएसम्म कसै दललाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ । यसैबीच मुख्यमन्त्रीशाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेटवार्ता गरेका थिए । गत शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह उनको घरमै पुगेका हुन्।

भेटवार्तामा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। पछिल्लो समय शाहले रेशम चौधरिलाई फकाइ रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ