किन पुगे एकाबिहानै मुख्यमन्त्री शाह रेशम चौधरीको घरमा ?


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह उनको घरमै पुगेका हुन्। भेटवार्तामा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।

यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो। शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । त्यसकारण शाहले नागरिक उन्मुक्ती पार्टीलाई फकाउन् प्रयास गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ