विगतका राष्ट्रपति दलको इसारामा चल्दा समस्या भोगियो, अब बिचार गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दललाई मान्य हुने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले राष्ट्रपति कुनै दलको इसारामा चल्दा के हुँदो रहेछ भन्ने राम्रोसँग अनुभव गरेको दाबी गरे । त्यसकारण राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्नेबारे गहिरो गरि विचार गर्नुपर्ने बताए ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ । हामीले प्राप्त गरेका अनुभवले पनि राष्ट्रपति कुनै दलको इसारामा चल्दा के हुँदो रहेछ भन्ने राम्रोसँग भोगियौ । त्यसैले राष्ट्रपतिको विषयमा गहिरो गरी विचार गर्नुपर्ने अवस्था छ ।’, उनले भने ।

विगतका राष्ट्रपति रामशरण यादवदेखि विद्यादेवी भण्डारीसम्मले संविधान मिच्दा समस्या भोगेको उनले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ