कांग्रेसका नेता शाहीलाई जन्मकैदको फैसला


अछाम : अछामको गैरिटाँडमा मृत भेटिएका नेपाली कांग्रेसका नेता रेशम तिमिल्सेनाको हत्याका मुख्य आरोपित विवेक शाहीलाई अछाम जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले शुक्रबार उक्त फैसला गरेको हो।

गत वर्षको कात्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि मध्यपहाडी लोक मार्ग अन्तर्गत कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ