बैतडीमा गन्धकको खानी भेटियो


बैतडीको पाटनमा पानीमा बगेर खेर गईरहेको अवस्थामा गन्धकको खानी फेला परेको छ ।

फलाम खानी, कृषि मल बन्ने फस्फोरस खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आईरन ओर’ जस्ता महत्वपूर्ण खानी भएको बैतडीको पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङ्गको गन्धकको खानी भेटिएको हो ।
स्थानीयले यसलाई गन्धक र अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । खानी बारे के कसरी अनुसन्धान गर्ने भन्ने विषयमा स्थानीयबाट सुझाव लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।

खानीमा पाईने गन्धकलाई चोटपकट लागेमका मानिस, पशुचौपाया लडेर घाइते भएमा वा मानिसको मुखमा घाउ खटीरा भएमा औषधिका रुपमा प्रयोग गर्दै आएका छन् ।

यहाँ पाईने गन्धक र अमरक नामको तत्व चोटकपटक लागेमा वा मर्केको ठाउँमा  औषधिको रुपमा प्रयोग गर्ने चलन रहेको पाटन नगरपालिका–१, का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताउनुभयो । खानी बारे विस्तृत अध्ययन हुन सके वास्तविकता थाहा हुने उहाँले बताउनुभयो ।
गन्धक जस्तो यो खानीबाट चोटपटक लागेका ठाउँमा औषधि बनाउन यहाँको माटो र पहेँलो वस्तु लैजान टाढाका मानिस पनि आउने गरेको स्थानीय गगन नायकले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ खानीमा पाईने गन्धकलाई चोटपकट लागेमका मानिस, पशुचौपाया लडेर घाइते भएमा वा मानिसको मुखमा घाउ खटीरा भएमा औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । हड्डी टुटेको वा मर्केको ठाउँका लागि यो रामवाण औषधि हो ।”
बैतडी जिल्लामा जडिबुटी लगायत विभिन्न खानी भए पनि राज्यबाट खोज अनुसन्धान हुन नसकेको उहाँले बताउनुभयो ।

बैतडी जिल्लामा जडिबुटी लगायत विभिन्न खानी भए पनि राज्यबाट खोज अनुसन्धान हुन नसकेको

बैतडीको सिगास गाउँपालिका–१, सुंगलखालको लोहारपानीमा एक वर्ष अधि स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने ‘म्याग्नेट आइरन ओर’को खानी फेला परेको थियो । बैतडीको दोगडाकेदार –३, मा कृषि मल बन्ने फस्फोराईट खानी रहेको खानी तथा भूगर्भ विभगले नै पुष्टि गरिसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ