नेमकिपालाई प्रमुख विपक्षी दल घोषणा गरियाेस् : प्रेम सुवाल


नेपाल किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दल घोषणा गर्न माग गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले उक्त दल विपक्षी दल हुन नसक्ने सुवालको तर्क छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । राजनीतिक विश्लेषक, वरिष्ठ अधिवक्ता तथा प्राध्यापकहरूले समेत कानुनअनुसार कांग्रेस प्रमुख विपक्षी दल नहुने बताएका उल्लेख गर्दै सुवालले नेमकिपा नै ठूलो प्रतिपक्षी दल रहेको जिकिर गरे ।

‘गएको पुस २६ गते प्रधानमन्त्रीजीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेपाल मजदुर किसान पार्टी नै भएको हुँदा कानुनी व्यवस्थाअनुसार प्रमुख विपक्षी दल नेपाल मजदुर किसान पार्टी हो,’ उनले भने, ‘प्रतिनिधिसभाको बैठक विपक्षी दल तोकेर मात्र चालू गर्नुपर्ने हुन्छ । संसद्ले बनाएको कानुन संसदभित्र कार्यान्वयन नभए देशमा अराजकता फैलन्छ । संघीय संसद् सचिवालयले बल मिचाइ गर्नुहुँदैन । यौ बैठक स्थगित गरी नेपाल मजदुर किसान पार्टीलाई प्रतिनिधिसभाको विपक्षी दल तोकिएपछि मात्र पुनः सञ्चालन गर्न सभाध्यक्ष महोदयको ध्यानाकर्षण गराउन चाहन्छु।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ