नेपालको जनसंख्या वृद्धिद्धर ०.९३ प्रतिशतले घट्यो, पुरुषभन्दा महिलाको संख्या बढी


काठमाडौं । केन्दीय तथ्यांक विभागले जनगणना २०७८ को प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । बुधबार जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर अघिल्लोपटकको तुलनामा यसपटक ०.९३ प्रतिशतले घटेको बताएको हो ।

विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखिएको छ ।

जसमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

त्यस्तै प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ ।

अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । यसअघि २०६८ मा भएको जनगणनाबमोजिम नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

विसं १९९८ को जनगनणायता पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको हाे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ