सुदूरपश्चिमको सभामुख बन्न भण्डारीलाई एक मत अपुग


धनगढीः  सुदूरपश्चिमको सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीका लागि एक मत अपुग भएको छ।  बिहीवार भएको निर्वाचनमा भण्डारीले २७ मत पाएका हुन तर एक मत बदर भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुखमा भण्डारीको पक्षमा २७ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो। प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि ५० मत खसेको थियो।

नेकपा एमालेका चक्र मल्ल निर्धारित समयमा प्रदेश सभा भित्र पस्न सकेनन् भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी प्रदेश सभामा उपस्थित नै भएनन्।

सभामुखको लागि सुदूरपश्चिम प्रदेश सभा सदस्यका २७ जनाको मत आवस्यक हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ