प्रतिकूलतामा चम्किएका राजेन्द्रसिंह रावल : पहिलो संसदीय यात्रामै मुख्यमन्त्री


धनगढी – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ हुनुअघिको परिदृश्यले नेकपा एमालेको सरकार बन्ने कुनै सम्भावना थिएन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तालमेल गरेर चुनावमा गएका थिए भने चुनावपछि पनि गठबन्धन सरकार बनाउने प्रतिबद्धता गरिरहेका थिए ।

नेकपा एमाले एक्लै चुनावमा रहेका बेला एमाले नेताहरूका लागि सरकारको सपना प्रतिकूल थियो । यस्तै प्रतिकूलतामा पनि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह रावल समानुपातिकबाट प्रदेशसभा सदस्य उम्मेदवार बने ।

खसआर्य समूहबाट उम्मेदवार भएकाले उनका लागि अर्काे प्रतिकूलता पनि थियो । २०६४ सालको निर्वाचनमा समानुपातिकतर्फ खसआर्य समूहको पहिलो नम्बरमै रहेका एमाले नेता कर्णबहादुर थापा सांसद बन्न सकेनन् । पार्टीले समावेशी समूह मिलाउँदा ‘सिनियर’ नेता थापालाई सांसद बनाउन सकेन । यसपालि नेता रावलको सन्दर्भमा पनि त्यो खतरा कायमै थियो । प्रत्यक्ष निर्वाचनबाट एमालेले थोरै सिट मात्र जितेपछि समानुपातिकबाट निर्वाचित हुन रावललाई सहज भयो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ