खुटिया खोला प्रकरणमा अनियमता भएकाे छैन : मेयर भट्ट


धनगढी : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले खुटिया खोलाको राजस्व प्रकरण बारे बारेमा अन्तत: सार्बजनिक रुपमा नै मुख खोलेका छन् । नगरपालिकाले आईतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नदी जन्य पदार्थको राजस्व संकलनमा कुनै अनियमितता नभएको दाबी गरे ।

‘करौडौको भ्रष्टाचार भनेका छन् , कार्यकर्ताहरु पालनपोषणको काम भनेका छन् । तर जम्मै काम कर्मचारीबाट भइरहेको छ । एक रुपिया पनि भ्रष्टाचार भएकोे भए त्यसको जिम्मेवारी लिन म त्यसको लागि तयार छु,’ भट्टले भने,’ ७ करोडको ठेक्का खोलेका थियौ शुरुमा कसैको परेन साढे ५ करोडको ठेक्का खोलियो त्यो पनि परेन फेरी ४ मा झारे त्या पनि परेन । पटक पटक पनि ठेक्का आह्वान गर्दा पनि नभएपछि बाध्यात्मक परिस्थितिमा संकलन गर्ने अवस्था आयो ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ