१५ मेगावाट बझाङको कालंगा गाड जलविधुत आयोजनाले विजुली उत्पादन सुरु


बझाङ: निजी क्षेत्रको लगानीमा निमाणर् सम्पन्न भएको कालंगा गाड जलविधुत आयोजनाले आज बाट औपचारिक रुपमा विजुलीको उत्पादन सुरु भएको छ । बुङगल नगरपालिका र वित्थडचिर गाँउपालिका अन्तरगत निर्माण  सम्पन्न भएको आयोजनाले आज बाट १५ मेगावाट विधुत उत्पादन गरी १३२ केभी प्रसारण लाईमा जोडिएको छ ।

वित्थडचिर गाँउपालिका वडा नं ८ रुपैल बाट चमेलिया जलविधुत आयोजनाको सव स्टेशन सम्म १३२ केभी प्रसारण लाईमा विधुत पठाई परिक्षण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले १३२ केभी प्रसारण लाईन चमेलियामा जोडेका ले प्रसारण लाईनको टावर भएको ठाँउवरपर आवतजावत नगर्न पनि सबैलाई जानकारी गराएको छ । बुङल क्षेत्रमा निमाणर्ाधिन माथिल्लो कालंगा जलविधुत आयोजना, सानीगाड जलविधुत आयोजना पनि परिक्षण उत्पादनको तयारीमा रहेका छन ।

२०७३ सालबाट निमाणर् सुरु गरिएको आयोजनाले चाँडै अन्य आयोजनाको पनि परिक्षण उत्पादन सुरु गर्ने तयारीमा रहेको आयोजनाका संचालक विरेन्द्र मल्लले बताउनु भयो । यो आयोजना सुदुरपश्चिममा अहिले सम्मको निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको बताइएको छ । यो आयोजना सम्पन्न गर्न करिब ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ