अध्यक्ष ओलीको खुलासा- सरकार ढलाउन विदेशी शक्तिले चलखेल गरिरहेका छन्


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत नलिँदै वर्तमान सरकारलाई ढाल्ने चलखेल भइरहेको बताएका छन् ।

शनिबार नेपाल मार्बल व्यवसायी संघको दशौँ अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बाह्य शक्तिको इच्छाविपरीत हालको सरकार बनेको बताउँदै अस्थिरता बढाउन विदेशीले सरकार ढाल्ने चलखेल गरिरहेका दावी गरेका हुन् । उनले हालको सरकार बनेपछि बाहिरी शक्ति आत्तिएका बताए ।

‘स्थिरता हुनै नदिने गरी अस्थिरता थोपरिएको छ । स्थिरता फर्काउन खोजेपछि हामी खुशी हुनुपर्छ । तर, बाह्य शक्तिको इच्छाविपरीत फेरि पनि नेपालीले आफैँले सरकार गठन गरे । देख्दा सानो कसको के भयो, को प्रधानमन्त्री भएर के मतलब भन्ने हुनसक्छ । जस्तो भए पनि आफूले बनाउने की अर्कोलाई बनाउन दिने ? नेपालीले सरकार बनाएपछि बाहिरी शक्ति आत्तिएका छन् । बाहिरी शक्तिको खाइनखाई दौडधुप छ । हाम्रो देशको यत्रो चासो किन ? विकासमा चासो नहुने, अरु कुरामा चासो नहुने । सरकार बन्न पाएको छैन । विश्वासको मत लिन नदिने, विश्वासको मत नपाओस् भनेर लागेका छन् । अर्को अस्थिरता होस् भन्ने, बनाउने र सधैं सरकार फेर्ने, बनाउने–ढाल्ने खेलमा नेपाली अल्झिरहुन् भनेर लागेका छन् । ’, उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकार जनताको भावना अनुसार बनेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ