कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका वडा अध्यक्ष महराले दिए पदबाट राजीनामा


धनगढी : कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका वडा अध्यक्ष बहादुर सिह महराले पदबाट राजीनामा दिएका छन । वडा नम्बर ८ का वडाध्यक्ष महराले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन ।

उनले नगरपालिकाबाट निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेकाले आफूले राजीनामा दिएको बताएका छन । उनले यस्ता कामको आफू साक्षी बस्न नसकेर राजीनामा दिएको बताएका छन ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ